काठमाडौँ । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङबाट एक जनाको विदेशीको जीवितै उद्धार गरिएको छ।
शनिबार नेपाली सेनाको उद्धार टोलीले आयोजनाबाट विदेशी नागरिकको जीवितै उद्धार गरेका हुन् ।
यही १० गते आएको रसुवाबाढीका कारण सम्पर्कविहीन रहेका उनको सकुसल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।














