धनगढी । दार्चुलामा प्रहरीले अवैध लागुऔषध चरेशसहित एक किशोरलाई पक्राउ गरेको छ ।
जिल्लाको महकाली नगरपालिका-४ खलङ्गा बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ५ ग्राम सहित सोही नगरपालिका-२ पनौडा घर भई हाल महाकाली-४ बाङ्गाबगड बस्ने १८ वर्षिय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निज किशोरलाई पक्राउ गरेको जनाएको छ ।














