धनगढी । कैलालीमा अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन ।
जिल्लाको लम्कीचुहा नगरपालिका-४ खल्लाबाट अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ३०० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रमाडोल २९ ट्याब्लेट, एविल २८ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २२ वर्षीय शंकर देउवा र २० वर्षीय पूर्णबहादुर चन्दलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निज दुबै जनालाई पक्राउ गरेको जनाएको छ ।














