धनगढी । कैलालीमा प्रहरीले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
बिहीबार जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्लाको धनगढी उपमहानगरपालिका-७ जनआवाज चोक नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ६६० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सुवास रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी,टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ९४० मिलिग्रामसहित बर्दियाको गेरुवा गाउँपालिका-३ शान्तीबजार बस्ने १८ वर्षीय र १७ वर्षीय २ जना किशोरलाई पक्राउ गरेको जनाएको छ ।














