धनगढी । कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको २०८२ भदौ १७ गतेको फैसलाले अपराधिक उपद्रव मुद्दामा १ वर्ष ५ महिना ९ दिन कैद सजाय र रु.१५ हजार जरिवाना तोकिएका जानकी गाउँपालिका-६ धर्मापुर बस्ने २३ वर्षीय गणेश टमट्टालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।














