• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • २. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ३. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ६. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ७. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • १०. पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

  •   शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित

कैलाली ।सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत दुई दर्जनभन्दा बढी बहुवर्षीय योजना समस्याग्रस्त (रुग्ण) अवस्थामा पुगेका छन् ।

पटकपटक म्थाद थप गर्दा पनि सम्बन्धित निर्माण कम्पनीले काम नगरेका र लामो समयदेखि अलपत्र रहेका ३१ वटा बहुवर्षीय योजना अगाडि बढ्न नसक्ने अवस्था रहेका प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।रुग्णको सूचीमा पहिलो प्रदेश सरकारकै पालामा ठेक्का लागेका योजनासमेत छन् ।

मन्त्रालयका अनुसार रुग्ण अवस्थाकामध्ये करिब दुई दर्जन सडकसँग सम्बन्धित र आधा दर्जन सडक पुलका योजना हुन् । प्रदेश गौरवका सडकका कतिपय खण्ड पनि रुग्ण अवस्थाका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको स्थापना भएदेखि हालसम्मको मन्त्रालयको स्थितिपत्रअनुसार प्रदेशभरि सञ्चालनमा रहेका आधाभन्दा बढी बहुवर्षीय योजनाको प्रगति पनि ५० प्रतिशतभन्दा कम छ । एक सय ९३ वटा बहुवर्षीय योजनामध्ये त्यस्ता योजनाको संख्या एक सय २९ वटा रहेको छ ।
५० देखि ६० प्रतिशत भौतिक प्रगति रहेका योजना १९, ६० देखि ८० प्रतिशत प्रगति रहेका योजना २२ र ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति रहेका योजना संख्या २३ वटा रहेको मन्त्रालयको विवरण छ ।

मन्त्रालयले बहुवर्षीय योजना अवस्था अध्ययन गर्न समितिसमेत गठन गरेको छ ।
समितिको प्रतिवेदन आएपछि बहुवर्षीय योजनाको अवस्थाबारे थप थाहा हुने मन्त्रालयका सचिव बिष्णु भण्डारीले बताए । उनका अनुसार समितिको प्रतिवेदनका आधारमा लामो समयदेखि काम हुन नसकेका बहुवर्षीय योजनाको म्याद थप, ठेक्का रद्दलगायतमा मन्त्रालयले आवश्यक निर्णय लिने छ ।
मन्त्री भाटले निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीका कारण ३१ वटा योजना समस्याग्रस्त अवस्थामा पुगेको बताए । निर्माण कम्पनीको लापरबाही, आवश्यकताअनुसार बजेट विनियोजन नहुनु, रकमान्तरको समस्या हुनु, सडकका योजनामा समयमै क्षेत्राधिकार खाली नहुनुजस्ता कारणले बहुवर्षीय योजनाहरुको काम प्रभावकारी हुन नसकेको बताए ।
प्रदेशमा सरकारैपिच्छे पहुँचका आधारमा बहुवर्षीय योजनाको संख्या थप्ने गरिएको छ । तर निर्माणाधीन योजनामा पर्याप्त बजेट विनियोजन गर्ने, समयमै सम्पन्न गराउनेतर्फ भने सरकारले ध्यान दिने गरेको छैन । जसले गर्दा वर्षैँपिच्छे बहुवर्षीय योजना थपिने र सञ्चालनमा रहेका धेरैजसो योजनामा पर्याप्त बजेट विनियोजन नहुने प्रवृति छ । बजेटमा प्राथमिकतामा नपर्दा प्रदेशका नौवटै जिल्लामा गरी साढे ११ सयवटा खानेपानीका योजना अधुरा रहेका मन्त्रालयको विवरण छ ।
बजेटमा बहुवर्षीय योजनालाई प्राथमिकता दिइने
बजेट शून्यताका बिच प्रदेश सरकार अहिले चालु वर्षको बजेट निर्माणको चरणमा छ । चालु वर्षको बजेटमा बहुवर्षीय योजनालाई प्राथमिकता दिएर रकम विनियोजन गरिने मन्त्रालयले बताएको छ । मन्त्री भाटले निश्चित प्रतिशत काम भएका बहुवर्षीय योजना यसै वर्र्ष सम्पन्न हुने गरी प्राथमिकता दिएर बजेट विनियोजन गरिने बताएका छन् ।
विगतमा टुक्रे योजनाको संख्या धेरै हुँदा पनि योजना कार्यान्वयनमा समस्या हुने गरेकाले यस वर्ष योजना संख्या पनि घटाइने उनको दावी छ । मन्त्री भाटले गत ८ भदौमा कार्यभार सम्हालेको दिन बहुवर्षीय योजनाको अध्ययन गरेर एक महिनाभित्र प्रतिवेदन दिन समिति गठन गर्ने निर्णय गरेका थिए ।
समितिको प्रतिवेदनका आधारमा बहुवर्षीय र प्रदेश गौरवका योजनालाई कसरी अगाडि बढाउने भनेर निर्णय लिइने उनले बताए । मन्त्री भाटले सरकारले यसै वर्षबाट प्रदेशको राजधानी निर्माणको काम अगाडि बढाउने बताएका छन् । राजधानी निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिने उनले बताए । गत १ साउनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिममा प्रदेश सरकार अहिले चालु वर्षको बजेट निर्माणको क्रममा छ ।

  • बहुवर्षीय योजना
शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट
वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट
कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

समाचार

सबै

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • २.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ३.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ६.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.