• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ७. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

  •   सोमबार, असोज ०५, २०८३ मा प्रकाशित

धनगढी ।सुदूरपश्चिम प्रदेश दुई महिनादेखि बजेट शून्यतामा छ । चालु आर्थिक वर्षका दुई महिना बित्दासम्मबजेट कहिले आउँछ भन्ने तय भएको छैन ।

बजेट शून्यताका कारण प्रदेश मातहतका निकायले उधारोमा खर्च चलाइरहेका छन् । कर्मचारीहरुले गत साउनदेखि तलब पाएका छैनन् ।
संविधानले निर्धारित गरेको अवधिभित्र बजेट पारित भएको भए प्रदेशका निकायहरु यतिबेला योजना कार्यान्वयनको काममा व्यस्त रहनुपर्ने हो । तर मन्त्रालयहरु बजेटकोतयारीमा छन् । बजेट नआउँदा विकासे अड्डाका कर्मचारीहरु फुर्सदिला बनेका छन् ।

तत्कालीन सरकारले प्रदेश सभामा पेश गरेको बजेट पारित हुन नसकेपछि १ साउनदेखि सुदूरपश्चिम बजेट शून्यतामा गएको हो ।
प्रदेशको बजेट असार मसान्तभित्र प्रदेश सभाबाट पारित भइसक्नु पर्ने संविधानमा व्यवस्था छ । तर गत असारमा बजेट पारित नहुँदैसरकार अल्पमतमा पर्यो । जसले गर्दा प्रदेश सभामा पेश भएको बजेट पारित भएन । नेकपा र एमालेको गठबन्धनअनुसार गत २९ साउन सुदूरपश्चिममा नयाँ सरकार गठन भएको छ ।
मुख्यमन्त्री खगराज भट्टले ‘फास्ट ट्रयाक’बाट भदौ मसान्तभित्र बजेट ल्याउने दावी गर्दै आएका थिए । तर सरकारले बजेट कहिले ल्याउँछ भन्ने टुङ्गो अझै लागेको छैन । बजेटको अन्योल कायमै छ ।

गत २७ भदौमा बसेको मन्त्रिपरिषद बैठकले बजेट पुनर्लेखन गर्ने निर्णय गर्दै आर्थिक मामिला मन्त्रालयलाई पुनर्लेखनको अधिकार प्रदान गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलका अनुसार नवगठित सरकारका प्राथमिकता समेटेर बजेट पुनर्लेखनसहित परिमार्जन गर्ने र त्यसका लागि आर्थिक मामिला मन्त्रालयलाई दिने निर्णय भएको हो ।

चालुतर्फका कार्यक्रम र बहुवर्षीय आयोजनालाई निरन्तरता दिँदैपुँजीगततर्फका केही कार्यक्रम थपेर बजेट ल्याउने सरकारको तयारी रहेको उनको भनाइ छ ।
बजेट पहिलेकै आधारमा ल्याउने वा आकार घटाएर ल्याउने भन्नेनिर्णय भइनसकेको बताइएको छ । तत्कालीन आर्थिक मामिला मन्त्री बिक्रमसिंह धामीले ३७ अर्ब ७० करोडको बजेट १ असारमा प्रदेश सभामा प्रस्तुत गरेका थिए । त्यसबेला सरकारले प्रदेशको आम्दानीभन्दा बढाएर बजेटको आकार सार्वजनिक गरेको थियो ।
चालु वर्षको बजेट नआएकाले विकासे अड्डाहरु यतिबेला कामविहीन बनेका छन् । बजेट ढिलो आउँदा योजना कार्यान्वनमा पनि समस्या हुने अधिकारीहरु बताउँछन् । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख पदम मडैका अनुसार नियमित समयमा बजेट आएको भए पूर्वाधार कार्यालयहरुमा यतिबेला लागत स्टीमेट सकेर योजनाहरु सम्झौताको काम धमाधम भइरहेको हुन्थ्यो । बजेट ढिला आउँदा योजना कार्यान्वयन स्वाभाविकरुपमा प्रभावित हुने उनले बताए ।
विकासे अड्डा कामविहीन
‘दसैपछि कार्यान्वयनमा जाने गरी यतिबेला ठेक्का सम्झौताको चरणका कामहरु हुन्थे । बजेट नआएकाले अहिले फुर्सदिला छौँ’ मडैले भने, ‘बजेट ढिलो हुनेवित्तीकै योजना कार्यान्वयनमा पनि ढिलो हुनेनै भयो ।’ अहिले बहुवर्षीय ठेक्कामा भने काम भइरहेको उनले बताए । यसै वर्ष सम्पन्न गर्नुपर्ने योजनाहरु कार्यान्वयनमा समस्या हुने कर्मचारीहरु बताउँछन् । गत वर्ष पनि जेनजी आन्दोलनका कारण अधिकांश सरकारी कार्यालय तहसनहस भएकाले तिहारपछि मात्रै योजनाहरु कार्यान्वयनको काम अगाडि बढेको थियो ।
औषधि खरिद हुन नसक्दा कतिपय अस्पतालमा औषधिको कमी हुन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।स्वास्थ्य संस्थाहरुले आपतकालीन सामान र औषधिहरु खरिद गर्न पाएका छैनन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. खगेन्द्र बमले औषधि कमी देखिएका स्वास्थ्य संस्थाहरुमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा मौजदात रहेको औषधिहरु पठाउन थालिएको बताए ।
प्रदेशका कर्मचारी, प्रदेश सरकार तथा प्रदेश सभाका पदाधिकारी र सदस्य सबैको तलब रोकिएको छ ।दुई महिनादेखि तलब नपाएपछि खासगरी तल्लो तहका कर्मचारीहरु बढी मारमा परेका छन् ।

निमित्त निर्देशक बमले स्वास्थ्य संस्थामा कार्यरत तल्लो तहका र करारका कर्मचारी तलब नपाएर बढी समस्यामा परेका बताए ।
बजेट र यससँग सम्बन्धित कानुन प्रदेश सभाबाट पारित भएपछि मात्र सरकारले खर्च गर्न पाउँछ । सामयिक राजस्व संकलन सम्बन्धी ऐनका आधारमा प्रदेशका कार्यालयहरुले राजस्व भने संकलन गरिरहेका छन् ।राजस्व संकलन नरोकिएकाले मातपोत, यातायातलगायत निकायको सेवा जारी छ ।
मन्त्री मल्लले भने, बजेट ल्याउन अबै धेरै समय लाग्दैन
आर्थिक मामिला मन्त्री चक्र मल्लले बजेट ल्याउन अब धेरै समय नलाग्ने बताएका छन् ।

मन्त्रालयहरुलाई वार्षिक विकास कार्यक्रमहरु बुझाउन भनिसकिएको उनले जानकारी दिए । ‘ठ्याक्कै यही दिन बजेट ल्याउँछौँ भन्ने निर्णय भइसकेको त छैन तर बजेट प्रकृयामा गइसकेको छ, अब धेरै समय लाग्दैन’ मन्त्री मल्लले भने, ‘मन्त्रालयहरुलाई मार्गदर्शन पठाइ सकेका छौँ ।’
न्यूनतम साझा कार्यक्रम, संविधानअनुसार निर्धारित अवधिमा बजेट पारित नभएकाले नयाँ बजेट ल्याउनका लागि कानुनी पाटाहरुमा परामर्श तथा छलफल, राजनीतिक सहमति जुटाउनुजस्ता काममा केही समय लागेको उनले बताए ।बजेट सार्वजनिक गर्न अझै कम्तीमाएक÷डेढ सातासम्मलाग्ने देखिएको आर्थिक मामिला मन्त्रालयका एक अधिकारीहरु बताउँछन् ।
सत्तारुढ दुई दलले न्यूनतम साझा कार्यक्रम गत २२ भदौमा सार्वजनिक गरेका थिए । त्यसैका आधारमा नीतिगत तथा कार्यक्रमगत मार्गदर्शन मन्त्रालयहरुलाई पठाइएको मन्त्री मल्ललेजानकारी दिए ।

न्यूनतम साझा कार्यक्रमका प्राथमिकता समेटेर बजेट पुनर्लेखन गर्न लागिएको उनको भनाइ छ । ४० बुँदे न्यूनतम साझा कार्यक्रममा कृषि, उद्योग, पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
प्रदेश सरकारले बजेट निर्माणमा सल्लाह लिन भनेर दुई जना सल्लाहकार यसअघिनै नियुक्त गरेको छ । प्रदेशका पूर्वआर्थिक मामिला मन्त्रीसमेत रहेका एमाले नेता झपटबहादुर बोहरा र पूर्वमहालेखा नियन्त्रक टंकमणी शर्मालाई मन्त्रिपरिषद्ले विज्ञ नियुक्त गरेको हो । उनीहरुलाई दुई दलले केन्द्रबाटै खटाएका थिए ।

  • बजेट
सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन
धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै
लागुऔषधसहित पाँच जना पक्राउ
जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै

लागुऔषधसहित पाँच जना पक्राउ

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै

लागुऔषधसहित पाँच जना पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.