डडेल्धुरा । बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएका एक फरार प्रतिवादीलाई डडेल्धुरा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत डडेल्धुराको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा १ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना तोकिएका अमरगढी नगरपालिका–४ खलङ्गाका ४७ वर्षीय पुष्करसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो ।
फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले ठगुन्नालाई मंगलबार दिउँसो उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।














