धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले छठ पर्वको अवसरमा प्रदेश बासी सम्पूर्णमा सुख शान्ति समृद्धि सहित शुभकामना व्यक्त गरेका छन् । छठ पूजा मूल व्यवस्थापन समिति धनगढी-२ द्धारा आयोजित विशेष कार्यक्रममा राज्यमन्त्री रैकाले छठ पर्व लगायतका चाडपर्वहरूले प्रदेशवासीमा एकता,सामाजिक सद्भाव र सहिष्णुताको थप विकास हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि एवं कैलाली क्षेत्र नं ५ ख का उम्मेदवार प्रकाश देउवा लगायताको सहभागिता रहेको थियो । आज छठ पर्व सम्पन्न भएको छ ।














