• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कैलालीमा पनि देखियो अफ्रिकन स्वाइन फिभर

  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित

कैलाली- बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा। नरेशप्रसाद जोशीले भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवर्द्धन केन्द्र प्रालिको फार्ममा पालिएको बङ्गुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ पुष्टि भएको जानकारी दिए ।

‘कार्यालयमा मरेको बङ्गुरको शव परीक्षण र र्‍यापिड टेस्ट कीटबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ भएको पुष्टि भएको छ,’ जोशीले भने, ‘त्यसपछि थप परीक्षणका लागि नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइँदा हिजो मात्रै अफ्रिकन स्वाइन फिभरको थप पुष्टि भएको हो ।’

यो रोगको सङ्क्रमणपछि सुँगुर तथा बङ्गुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, तुहिनेजस्ता लक्षण भई बथानमा एकसाथ ठूलो सङ्ख्यामा सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गरेको बताइएको छ ।

यो रोग खासगरी रोगी बङ्गुर तथा त्यसका पाठापाठी वा मासु, रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा रोग छिटो फैलिन सक्ने बताइएको छ । यो रोगविरुद्ध हालसम्म कुनै खोपको उत्पादन नभई प्रभावकारी उपचारको व्यवस्थासमेत नभएको अवस्थामा सङ्क्रमण फैलिएमा एकसाथ ठूलो सङ्ख्यामा बङ्गुर तथा सुँगुर मर्न गई ठूलो क्षति पुग्न सक्ने पशु चिकित्सले बताएका छन् । यो रोग पशुपन्छीबाट मान्छेमा नसर्ने बताइएको छ ।

पशु रोग अन्वेषण प्रयोगशाला धनगढीले बङ्गुर तथा सुँगुरपालन व्यवसायीलाई खोर र फार्ममा जैविक सुरक्षाका विधिको अवलम्बन गर्न, खोरलाई नियमित रूपमा सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिनजस्ता रसायन तथा सामग्रीको प्रयोग गरी निःसङ्क्रमण गर्न ध्यान दिनुपर्ने सल्लाह दिएको छ ।

यसैगरी रोगको शङ्का लागेका पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्न, तिनको नमूना प्रयोगशालामा पठाउन र रोग प्रमाणित भएमा सो खोरमा रहेका पशुलाई नष्ट गर्न, मरेको पशुलाई खाडलमा गाड्नसमेत सल्लाह दिइएको छ । कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयका निर्देशक डा। वसन्तबहादुर सिंह, पशु चिकित्सक डा। हेमराज अवस्थीलगायतले रोगको रोकथामका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा कैलाली र कञ्चनपुरका विभिन्न पालिकाका पशु सेवा शाखाका अधिकृत, बङ्गुर तथा सुँगुरपालन व्यवसाय गरिरहेका किसानलगायत सहभागी थिए । वि।सं। २०७८ चैतमा नेपालका केही जिल्लामा देखिएको यो रोग सुदूरपश्चिम प्रदेशमा भने पहिलोपटक देखिएको हो । एक तथ्याङ्कअनुसार यो रोगका कारण अहिलेसम्म देशका विभिन्न क्षेत्रमा २५ हजारभन्दा बढी बङ्गुर तथा सुँगुर मरेको जनाइएको छ ।

खासगरी धेरै युवा यो बङ्गुर तथा सुँगुरपालनमा आकर्षित भएर अर्थोपार्जन गरिरहेको अवस्थामा रोग फैलिएमा ठूलो आर्थिक क्षति हुनसक्ने चिकित्सकको भनाइ छ ।

  • स्वाइन फिभर#
बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.