काठमाडौं- नेपाली बजार आज ९बिहीबार० सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको थियो । बिहीबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो ।













