धनगढी- बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका-९ मालिका मावि मतदानस्थलमा ५ राउण्ड हवाई फायर भएको छ । कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएपछि झडपको अवस्था उत्पन्न भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए । अहिले त्यहाँ मतदान रोकिएको छ ।













