काठमाडौं- देशभर पछिल्लो २४ घन्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा गरिएको १ हजार ६५२ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो। आज ३४ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा २३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। नेपालमा हालसम्म ९९ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेका छन्।













