काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ। यस्तै, चाँदीको पनि भाउ बढेको छ।
चाँदी तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।













