धनगढी- धनगढीमा ग्रेडरले कुल्चिएर १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। उक्त विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारेका हुन्। पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत साउदको मृत्यु भएपछि बिधार्थी आन्दोलनमा
उत्रिएका हुन्।

उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन्। हसनपुर पिपलचौतारा नजिक पानिपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो । ग्रेडर चालक जिल्ला चितवन भरतपुर महानगरपालिका २८ बस्ने वर्ष २७ को विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













