काठमाडौं – बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ।
मंगलबार प्रतितोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
महासंघका अनुसार बुधबार चाँदी पनि अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ। प्रतितोला चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।














