काठमाडौं – ताप्लेजुङमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । प्रहरीले फक्तालुङ गाउँपालिका–५, ओइतुङका ४० वर्षीय कुमार लिम्बूलाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
लिम्बूले सामान्य वादविवाद र झै–झगडामा भरुवा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको सूचना पाएपछि प्रहरी टोली खटिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













