धनगढी- डडेल्धुरामा लागुऔषधसहित चरेससहित एक जना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेका ५८ वर्षीय बिरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
शनिबार बेलुकी जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेस्थित कैलपाल किराना तथा चिया पसलमा लागुऔषध चरेस रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पसल तथा घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।
उनको साथबाट ६.५४० किलोग्राम चरेस बरामद गरिएको छ । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













