धनगढी- कैलालीको धनगढीबाट तीन वर्षदेखि फरार एक प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कैलारी गाउँपालिका–१ मछेडाका ४७ वर्षीय कृष्णप्रसाद चौधरी थारुलाई प्रहरीले धनगढी–७ मनेहराबाट पक्राउ गरेको हो।
२०७६ फागुन २१ गते जिल्ला अदालत कैलालीबाट जबरजस्ती करणी मुद्दामा एक वर्ष कैद र एक हजार जरिवाना सजाय तोकिएका अभियुक्त चौधरी फरार थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायको कमाण्डमा खटिएको प्रहरी टोलीले फरार चौधरीलाई पक्राउ गरेको हो ।













