बाँके – बाँकेमा दादुराको संक्रमण पुष्टि भएका बिरामीको संख्या १ सय १० पुगेको छ । मंगलबार मात्रै नेपालगञ्जमा १८ जना नयाँ संक्रमित थपिएका जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा ९२ जना र खजुरा गाँउपालिकामा २ जनामा यसअघि दादुराको संक्रमण पुष्टि भएको थियो । हालसम्म दादुराका कारण एक जनाको मृत्यु भइसकेको छ ।
दादुराको प्रकोप रोकथाम र नियन्त्रणका लागि संक्रमण फैलिएका वडाहरूबाट दादुरा र रुवेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । ६ महिनादेखि १५ वर्षसम्मका ३ हजार ९ सय ३२ बालबालिकालाई खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
दादुरा रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बाँकेले दैनिक जनचेतनामुलक विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । १३ पुसमा नेपालगञ्जको वडा नम्बर ५ मा दादुराको पहिलो केस पत्ता लागेको थियो













