वीरगञ्ज – पर्सामा निसास्सिएर बुधबार राति दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका २२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर मृत्यु हुने दुबै जना भारतीय नागरिक हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका म्यानेजर ३० वर्षका मिथिलेस यादव रहेका छन् ।
त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स नामको कोइला डिपोको रेखदेख गर्न बसेका उनीहरु कोठाभित्र झ्याल ढोका बन्द गरी सुतेको पाइएको पर्साका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।
बुधबार विहान १० बजेसम्म पनि बाहिर ननिस्केपछि प्रहरीले ढोका फोडेर हेर्दा मृत भेटेको हो । प्रारम्भिक अनुसन्धानबाट कोठामा कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेको देखिएको र अक्सिजन ग्यासको कमी भई मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।













