• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ७. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ८. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

खुल्दै छ पश्चिमबाट ‘समृद्धिको ढोका’

  •   शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित

महेन्द्रनगर- महाकाली नदीमा चार लनेको पक्की पुल निमार्ण भएसँगै पश्चिमबाट समृद्धिको ढोका खुल्ने आशा गरिएको छ। महाकालीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने डेढदशक लामो प्रतिक्षापछि दोधाराचाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको पनि डीपीआर हुन थालेपछि पश्चिम नेपालमा समृद्धिको आशा पलाएको हो।

दोधाराचाँदनीमा बन्न लागेको सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णधिन रहेको दार्चुलाको तिंकर भञ्जाङ्गसम्मको महाकाली करिडोर निमार्ण सम्पन्न भए पश्चिम नेपाल मात्रै नभई मुलुकको विकासमा कोसेढुंगा सावित हुनेछ। यो नाका सञ्चालनमा आएपछि पश्चिम नेपालको भारतका औद्योगिक सहरहरूसँग सहज पहुँच हुनेछ।

करिब डेढ शताब्दीअघि महाकाली नदीमा बनेको शारदा पूरै भारतको कब्जामा छ। चलचित्रका सो जस्तै दिनमा तीनपटक मात्रै ढोका खोल्ने पुल पश्चिम नेपालको समृद्धिको बाधक थियो। २०७४ सालमा नेपाल सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण अन्तिम चरणमा पुगेकोछ। तीन अर्बको लगानीमा बनेको यो पुलसँगैको पहुँच मार्ग र पर्यटकहरूका लागि चारवटा मानव निर्मित तालहरू निर्माणाधीन अवस्थामा छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–१२ ओदाली र पारि दोधाराचाँदनी जोड्ने चार लेनको पुल बनेको हो। सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको रूपमा विस्तार गर्न पहलसमेत भइरहेको छ।

महाकाली पारिका गाउँ भनेर चिनिने दोधारा चाँदनीवासीलाई समेत यस पुलले भारतीय बाटो प्रयोग गरेर महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त गरेको छ। भारतका प्रमुख व्यापारिक सहरहरू यहाँबाट छोटो दूरीमा पर्छन। भारतको राजधानी नयाँदिल्ली यो पुलबाट साढे ३ सय किलोमिटरको मात्रै दूरीमा छ।

अझ भारतका औद्योगिक क्षेत्रहरू नोयडा, गुडगाउँ, रुद्रपुरलगायतका औद्योगिक क्षेत्र नेपालको पश्चिमी सीमाबाट धेरै नजिक छन्। हालसम्म प्रयोगमा आएको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमन नहुँदा यहाँका व्यवसायीहरूले सहज रूपमा आयात निर्यात गर्न पाएका छैनन्। सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारी साधनसमेत आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायीहरू बताउँछन्।

महाकाली नदीमा पुल निर्माण सम्पन्न भइसकेको र सुख्खा बन्दरगाह निर्माणको काम पनि अघि बढिसकेकाले सुदूरपश्चिमले व्यापारिक फड्को मार्ने ठूलो अवसर आएको कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष माधव जोशीले बताए।

उनले शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुल्ने र त्यसमा पनि ठूला मालवाहक सवारीलाई आवागमनमा रोक लगाएका कारण अहिलको पुलबाट आयात निर्यातमा असर परिरहेको बताए। ‘महाकालीमा बनेको पुल र सुख्खा बन्दरगाह सञ्चालनमा आए हाम्रो उत्पादनले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सहज हुन्छ’, जोशीले भने। ‘यो सँगै तेस्रो मुलुकसँगको व्यापारको ढोका समेत खुल्छ।’

उनले कञ्चनपुरकै दैजीमा प्रस्तावित औद्योगिक क्षेत्र पनि सुचारु भए यहाँ बाह्य लगानीसमेत भित्रिने बताए। ‘पश्चिमी नाका सुचारु भए मात्रै यहाँको विकासको ढोका खुल्छ’, व्यवसायी जोशीले भने। ‘यहाँबाट भारतका औद्योगिक क्षेत्रहरूसंग छोटो दुरी छ, हामीले उत्पादन गरेको वस्तुको निर्यात सहजै गर्न सक्छौं।’

उनले यहाँका पर्यटन व्यवसायसमेत उत्तिकै फस्टाउने बताए। भारतको कब्जामा रहेको शारदा ब्यारेज (बनबसा पुल) पुल बिहान ६ बजेदेखि ८ बजे, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म गरी दिनमा तीनपटक मात्रै खुल्ने गरेको छ। सो समयमा सात टनभन्दा बढी लोड भएका सवारी साधान आवतजावतमा भारतको रोक छ।

अर्कोतर्फ पर्यटनको समेत ठूलो सम्भावना बोकेको सुदूरपश्चिमलाई शारदा ब्यारेजमा सहज आवागमन नहुनुले पनि प्रभाव पारेको यहाँका व्यवसायीहरू बताउँछन। भारतको राजधानी दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल यहाँबाट ३ सय ५० किमिको दूरीमा रहेको छ। तेस्रो मुलुकबाट आउने पर्यटकहरूका लागि सहज वातावरण नहुँदा पर्यटकको ठूलो सम्भावनासमेत गुमेको यहाँका व्यवसायीहरू बताउँछन्।

कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष जगदीशचन्द्र भट्टले सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्य भए पनि नाकाको असहजताकै कारणले यहाँको पर्यटन फस्टाउन नसकेको बताए। ‘महाकालीमा पुल बनिसक्यो अब यो नाकाबाट तेस्रो मुलुकका पर्यटकहरू सहज रूपमा आउनजान सक्छन्’, उनले भने। ‘महाकाली नदी आफैमा पर्यटकीय गन्तव्य बन्छ अब। यहाँ होटलहरू खुल्छन् र आर्थिक गतिविधिहरू बढ्नेछन्।’ उनले योसँगै हवाई यातायात पनि सञ्चालनमा आउन जरुरी रहेको बताए। भारतसँग व्यापारिक मात्रै नभई धार्मिक सम्बन्धसमेत रहेकाले धार्मिक पर्यटनका हिसाबले समेत महाकाली पुलले ठूलो टेवा पुग्ने बताए।

कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले महाकाली पुल र सुक्खा बन्दरगाह यहाँको विकासका लागि कोसेढुंगा बन्ने बताए। ‘महाकाली पुल निर्माण सम्पन्न पछि निर्वाध रूपमा आवातजावत गर्न सकिन्छ’, उनले भने। ‘व्यावसायिक मात्रै नभई धार्मिक पर्यटनमा समेत ठूलो टेवा पुग्छ।’ उनले यो नाका सुचारु भएपछि भारतका ठूला औद्योगिक शहरहरूसंग नेपालको सीधासम्पर्क हुने बताए। १९९८ मा शारदा ब्यारेजसँगै निर्माण भएको टनकपुरको पुल निर्माणपछि सञ्चालनमै आएन। भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै उक्त पुलमा नेपाली पक्षलाई आवतजावतमा रोक लगाएको छ। तर, पुलमा भारतीय पक्षको एकाधिकार छ।

सुक्खा बन्दरगाह निर्माण सँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने भएपनि नेपालले भने त्यसको पूर्वतयारीमा बस्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले बताए। ‘यो नाक सुचारु भए नेपाल भारतको सहज आवागमन हुन्छ, लामो दूरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ’, उनले भने। ‘यहाँ औद्योगिक र कृषिको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँछ।’

दोधाराचाँदनीमा सुख्खा बन्दरगाहको स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगहरूका शाखाहरू नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको निर्देशक अवस्थी बताउँछन। ‘बन्दरगाहको काम सुरु भइसकेको छ, अब हामीले त्यहाबाट आयात मात्रै गर्ने की निर्यात पनि गर्ने यसको पूर्व तयारीमा लाग्न जरुरी छ’, उनले भने। ‘यहाँका उत्पादनहरू निर्यात गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी छ।’

सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यहाँका हरेक स्थानीय तहहरूले औद्योगिक क्षेत्रमा लागि जग्गा छुट्याउनुपर्ने उनले बताए। ‘अब सरकारले कृषिमा बढी लगानी गर्नुपर्छ, अनुदानको रकम दुरुपयोग भइरहेको छ’, उनले भने। ‘यहाँका पहाडी जिल्लाहरूलाई समेत यातायातको पहुँचमा जोड्न सके आर्थिक समृद्धि हुन्छ।’ उनले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा न्यून शुल्कमा अध्ययन गर्न पाउने गरी मेडिकल कलेज र अन्य इन्जिनियरिङ विषयका कलजेहरू स्थापना गर्नुपर्ने बताए। जसका कारण छिमेकी मुलुकबाट समेत यहाँ अध्ययन गर्न आउने ठूलो सम्भावना रहन्छ।

महाकाली नदीमा चार लेनको पुल निर्माणको काम सम्पन्न भइसकेको महाकाली पुल योजना कार्यालयले जनाएको छ। पुलको छेउमै पर्यटकहरूका लागि मानव निर्मित ताल निर्माणधीन अवस्थामा छ। महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलसँगै चारवटा पोखरी निर्माण हुनेछन। त्यसकै क्षेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना गरेको छ। महाकाली पुल योजना कार्यालयका सूचना अधिकारी सविना रानाभाटले पुल निमार्ण सँगै महाकाली नदी किनारमा पर्यटकहरूलाई आकर्षित गर्नका लागि आइसलेन्डसहितका चारवटा पोखरी निर्माण हुन लागेको बताए।

‘पुलको वारिपारि चारवटा पोखरी निर्माण हुन्छन्, त्यसमा आइसलेन्ड पनि छ पर्यटकहरूले बोटिङ गरेर त्यो टापुमा जानसक्छन्’, उनले भने। ‘पोखरी सँगै हरीयाली बनाउन पाँच हजार बिरुवा रोप्र्छांै, यसले पर्यटकहरू आकर्षित हुनेछन्।’ महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले महाकाली नदीमा चारलेनको पुल निर्माणको काम सम्पन्न भएको बताए। उनले निर्माणाधीन पुलसम्मको पहुँच मार्ग कालोपत्र पनि अन्तिम चरणमा पुगेको बताए।

‘८ दशमलव ६ किलोमिटर कालोपत्रमध्ये सात किलोमिटर सडक निर्माण भइसकेको छ’, ईन्जिनियर पाण्डेले भने। ‘पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ।’ उनका अनुसार पुलको उत्तरपट्टी एक वर्गकिलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ ० दशमलव तीन वर्ग किलोमिटरका दुई गरी चारवटा पोखरी निर्माण हुँदैछन्।

अहिले पोखरीका लागि बाँध बाँध्ने काम भइरहेको छ। ‘पोखरीको बीचमा तीन÷तीनवटा टापु बन्छन, त्यहाँ डुङ्गा चढेर आउन जान सकिनेछ’ पाण्डेले भने। तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी चैतभित्र सक्ने गरी निर्माण अघि बढेको पाण्डेले बताए।अन्नपूर्णबाट

  • समृद्धिको ढोका
शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

समाचार

सबै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.