काठमाडौं- रुपन्देही प्रहरीले हत्या आरोपमा एक अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मायादेवी गाउँपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२५ नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भन्ने रामनरेश यादवलाई आज (शुक्रबार) पक्राउ गरेको हो । उनले मायादेवी–७ का भीमबहादुर यादवको हत्या गरेको आरोप छ ।
२०६१ वैशाख २८ गते राति भीमबहादुरलाई कुटपिट तथा छुरा समेत प्रहार गरी हत्या गरेको घटनामा उनी संलग्न रहेको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ। उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।













