काठमाडौं- नेपालगञ्ज उपमहानगरपालिमा तीव्र गतिमा दादुरा फैलिरहेको छ । आइतबार थप १२ जना दादुराका बिरामी भेटिएसँगै १९२ पुगेको हो । सोही समयमा १ जनाको मृत्यु भएको छ ।
सरकारले दादुरा प्रभावित बाँकेको नेपालगञ्जमा ६ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको छ ।
सोमबार नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतका १६ वडामा १६ वटा खोप केन्द्रमार्फत दादुराविरुद्धको खोप लगाउँदै छ। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकि ७ वटा वडाका खोप लगाउन छुट बालबालिकाहरूलाई वडाका स्वास्थ्यकर्मीमार्फत खोज र खोप अभियान जारी रछ ।













