सुर्खेत – जुम्लाको पातारासी गाउँपालिका २ कोटाकोभिरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
सोमबार ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना हुँदा पातारासी गाउँपालिका १ माथाचौरकी ४२ वर्षकी छोर्तेन लामाको मृत्यु भएको हो ।
जीपमा १५ जना यात्रु रहेको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिए । सोमबार जुम्ला बजार देखि पातारासी गाउँपालिका जाँदै गरेको जीप दुर्घटना भएको हो ।
घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो ।













