जनकपुरधाम – मधेस प्रदेशसभाको आज बस्ने बैठकमा आज सभामुखको निर्वाचन हुने भएको छ । दिउँसो १ बजे बस्ने दोस्रो प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत बुधबार मुख्यमन्त्री नियुक्त भएका यादवले शुक्रबार (पुस २९ गते) पद तथा गोपनीयताको शपथ लिएका थिए भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल राय प्रतिस्पर्धामा छन् ।
एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ ।













