कञ्चनपुर – कञ्चनपुरमा १५ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले बझाङको केदारस्यु गाउँपालिका-७ का करन धामी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का महेशप्रसाद भट्टलाई शुक्रबार साँझ पक्राउ गरेको हो । धामी कञ्चनपुरको भीमदत्त नगरपालिका-३ तिलकपुर र भट्ट शुक्लाफाँटा-१२ बाट पक्राउ गरेका हुन् ।
धामीबाट १५ किलो ५२० ग्राम र भट्टबाट ७५ ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए ।घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।














