कञ्चनपुर – कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर वडा नम्बर १८ का अभिषेक गुरुङ, २१ वर्षीय आषिश छिनाल र सोहि स्थानका २२ वर्षीय जीवन कार्की लागुऔषधसहित पक्राउ परेका हुन्।
कार्कीबाट डाइजेफम १९ सीसी, ९६ सीसी रेस्कोजेसीक, फेनारगन ९६ पीस गरी २११ पीस र भारतीय नम्बर प्लेट भएको मोटरसाइकलसहित तीनै जनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।














