धनगढी – धनगढीबाट अवैध लागुऔषधसहित दुई जना किशोर–किशोरी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ बाग्राकटानबाट अवैध लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन्।
२ ग्राम ५ सय ७० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–५ का १८ वर्षीय किशोर र १७ वर्षीया किशोरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













