काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १५० वटा नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज दुईजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या १८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।













