बझाङ- बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको थलारा गाउँपालिका–३ लामातोलास्थित सेती नदीमा ७६ वर्षीया जौमती सार्की मृत फेला परेकी हुन्।
दुर्गाथली गाउँपालिका–१ की सार्की शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













