धनगढी – कैलालीमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गा.पा. वडा ५ रामपुर बस्ने ५२ वर्षीय सिताराम चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
कैलाली जिल्ला अदालतको फैसला अनुसार कैद ४ बर्ष ११ महिना २६ दिन बाकी रहेका फरार प्रतिवादीलाई आफ्नै घरमा लुकी छीपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।














