• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

खोला किनारमा रात काट्न बाध्य भूकम्पपीडित

  •   बुधबार, माघ १८, २०७९ मा प्रकाशित

बाजुरा- बाहिर कठ्यांग्रिदो चिसो छ। एक सातादेखि त्रिपालमुनि वास छ। न खाने गाँस न त बस्ने वास नै छ। केही पर चर्किएको आफ्नो घर छ। सयौँ परिवार यस्तै पीडामा बाँच्न विवश छन्। गीता रोकाया लगायत बाजुराको गौमुल गाउँपालिका-२ का बासिन्दाको जीवनचर्या हो यो। गत मंगलबार विच्छ्या केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएपछि उनीहरू चिसोमा घर छोड्न विवश भएका हुन्। हिउँदको समय चिसोले पालमुनि बस्दा त्यहाँका बूढाबूढी, गर्भवती र सुत्केरी महिला र बालबालिकालाई समस्या भएको छ।

भूकम्पपीडितले एक साता बितिसक्दा पनि राहत सामग्री नपाएको उनीहरूकले गुनासो गरेका छन्। उनीहरूलाई बिहान(बेलुकी हातमुख जोर्न धौधौ परेको छ। त्यो भूकम्पबाट एकजनाको ज्यानै गयो भने चारजना घाइते भए। जिल्लामा ६ सयभन्दा बढी घरमा क्षति पुग्यो। त्यसमा पनि गौमुल गाउँपालिका-२ आगर, जुरेली, दहकोट र नरेडा बस्तीमा बढी क्षति भयो।

गौमुल गाउँपालिका-२ आगरमा रहेका दलित बस्तीका २५ परिवारको झनै बिजोग भएको छ। घरभित्र भएका लत्ताकपडा र अन्नसमेत निकाल्न नसकिने गरी घर चिराचिरा परेका छन्। भिरालो जमिनमा बनाइएका घर एक फिटभन्दा बढी फाटेका छन्। यस्तो चिसोमा पनि गाउँवासी भित्र पस्ने आँट गर्न सकेका छैनन्। कुनै पनि घर बस्नलायक नभएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिएका छन्।

उक्त गाउँपालिकामा १ हजार ६५० परिवारमध्ये ५७० परिवारका घर जोखिममा छन्। ५७० परिवारका बासिन्दा सबै विस्थापित भएका छन्।उक्त गाउँपालिकाको वडा नं २ आगर, जुरेली, दहकोट र नरेडाका घर चर्किएर बस्न नमिल्ने भएपछि त्रिपाल र टनेलको पालमुनि गाउँवासीले रात कटाउने गरेका छन्।

उनीहरूका घर भित्रबाट धुजाधुजा भएको छ। गौमुल-२ का जडेगाउँ, आगर, दहकोट, गताडी, गुम्फा काडा, जुरेली र रनेडालगायत बस्तीका बासिन्दा घरविहीन बनेका छन्। जुरेली, दहकोट, अगरलगायत ठाउँका जमिन पनि चिरा परेका छन्। त्यहाँका सबै बासिन्दा पाल र तरकारीका लागि बनाइएका टनेलमा बस्दै आएका छन्।

जडेगाउँमा १८, आगरगाउँमा २५, दहकोटका ३३, गताडी टोलका ६ परिवार, गुम्फाकाँडा बस्तीका १८, जुरेलीका २५ र रनेडाका ४० घरपरिवार पालमा बस्दै आएको गौमुल गाउँपालिका-२ का वडा सदस्य प्रेम रोकायाले बताए। उनीहरू विगत तीन वर्षदेखि विभिन्न विपद् सहन बाध्य छन्। तीन वर्षअघि बाढी आउँदा खेत बगायो, त्यसपछि उनीहरू यहाँ सरे। अब यहाँबाट पनि भूकम्पले उठिबास लगायो।

उनीहरूसँग न बस्ने घर रह्यो, न खाने जमिन रह्यो। उनीहरूले यो पाल हालेर बसेको ठाउँ पनि अरूकै जमिन हो। जुरेलीका भक्त रोकाया विगत सम्झिँदै भक्कानिए। भूकम्पमा परी ज्यान गुमाएका व्यक्ति उनकै परिवारकी जमुना रोकाया थिइन्।जमुनाको भूकम्पमा परी मृत्यु भएको थियो। घाँस काटिरहेका वेला माथिबाट खसेको ढुङ्गा लाग्दा उनको मृत्यु भएको थियो।

भूकम्पपीडितले पालमुनि कठ्याङ्ग्रिदो चिसोमा रात बिताइरहेका छन्। भूकम्पपीडित बिचल्लीमा हुँदा पनि सरकारले ध्यान दिएको छैन। भूकम्पबाट पीडित गौमुल गाउँपालिका-२ का बासिन्दालाई बालबालिका र वृद्धवृद्धालाई बचाउन सकस परेको छ। भूकम्पले घरभित्र पस्न नसक्ने गरी चर्किएकाले चिसोबाट बालबालिका र वृद्धवृद्धा बचाउन सकस परेको आँगरकी सीता चदाराले बताइन्।

भूकम्पले घरबारविहीन भएर खोलाको किनारमा त्रिपालको रात कटाउँदै आए पनि चिसोले कठ्याङ्ग्रिएर बालबालिका बचाउन समस्या भएको उनको गुनासो थियो। सुत्केरी महिला र नवजात शिशुलाई समेत चिसोबाट बचाउन समस्या भएको छ।

  • भूकम्पपीडित
बुधबार, माघ १८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.