धनगढी – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव राम बन्धु सुबेदीले पछिल्लो ६ महिनामा ११ प्रतिशत विकास बजेट खर्च भएको जनाएका छन् । प्रदेशको आर्थिक र वित्तीय अवस्था सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले विकास खर्च कम हुनुको कारण संस्थागत कमजोरी रहेको बताए । ‘संस्थागत कमजोरी सुधार गर्नुका साथै बजेट कार्यान्वयन गर्न सूक्ष्म तरीकाले नै लाग्नुपर्ने हुन्छ, उनले भने जनशक्ति अभावमा विकास कम खर्च भएको हो ।,’
चालु बजेट खर्च भएपनि तर विकास बजेट भने खर्च हुन नसकेको फर्केर जाने अवस्था प्रदेशमा रहेको नास्ट कलेजका प्राध्यापक तथा अर्थशास्त्री शिव हरी मुडभरि बताउँछन् ।
यसले गर्दा देश विकास हुनबाट रोकिनुका साथै देशका लागि पनि राम्रो नहुने उनले बताए । यसको असर बैङ्कहरूमा पनि पर्ने उनको भनाई छ । ‘भएको स्रोतको परिचालन र नयाँ स्रोतको पहिचान गर्न सक्यौ भने विकास हुन्छ,’ यातायात, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सरकारले देखिने गरी काम गर्नुपर्छ ।’ राजश्व बढाउन थुर्पै बाटो रहेको बताउँदै उनले कृषिका क्षेत्रमा लगानी गर्न सक्यौ भने बढी भन्दा बढी फाइदा लिन सकिने बताए । धेरैले विकास बजेट खर्च गर्नुपर्ने र देखिने गरी प्रदेशको विकास गर्नुपर्ने सुझाव दिएका थिए ।
प्रदेश सरकारसँग बजेट हुँदा हुँदै पनि यसको कार्यान्वयन र सदुपयोग हुन नसक्दा प्रदेश सरकारको कमजोरी भएको इन्सेक सुदूरपश्चिम प्रदेशका अध्यक्ष खडकराज जोशीले बताए । सुदूरपश्चिम प्रदेशको आर्थिक र वित्तीय अवस्था सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले उक्त कार्यक्रम गरेको हो ।














