काठमाडौं- मानव बेचबिखन मुद्धामा १३ वर्ष ७ महिना कैद सजाय भएकी एक महिला पक्राउ परेकी छिन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ स्थायी घर भएकी कविता घिमिरेलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो।
जिल्ला अदालतले अदालतले २०६९ सालमा कवितालाई मानव बेचबिखनमा १३ वर्ष ७ महिना कैद गर्ने सजाय सुनाएको थियो। जेलम रहेको अवस्थामा उनी भागेकी थिइन्। २०७२ सालको भूकम्पले कारागार भत्किएपछि कवितासहितका कैदीबन्दी भागेका थिए।













