काठमाडौं – पर्साको बीरगञ्जबाट सशस्त्र प्रहरी बलको टोलीले हेल्मेटभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख बरामद गरेको छ । सो रकम बोकेर आउने दुईजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमार छन् । आरोपीहरुको साथबाट १८ लाख नेपाली सहित २ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।
वीरगन्ज महानगरपालिका १६ स्थित वीरगन्ज रक्सौल सडक खण्डबाट पक्राउ परेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली भेटिएको थियो । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको छ ।













