काठमाडौं – लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने तीन जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बा १८ च ८४३७ नम्बरको पिकअप जिप चालक गणेश कार्की, बा १६ प ४४९१ नम्बरको मोटरसाइकल चालक अंकित भट्टराई र वाग्मती प्रदेश–०२–०३१ प ४८८ नम्बरको मोटरसाइकलका चालक सुमन रावत रहेका छन् ।
उनीहरूलाई काठमाडौंको बूढानीलकण्ठबाट शुक्रबार बिहान पक्राउ गरिएको हो । उनीहरूलाई थप कारबाही र अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।













