रुपन्देही – रुपन्देहीमा श्रीमतीको हत्या गरेको आरोपमा डेढ महिनापछि श्रीमान पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाउँपालिका( १ स्थित धमौलीका रामनारायण लोधले २४ वर्षीया श्रीमती सरोजको मंसिर ८ गते हत्या गरेका थिए ।
उनले श्रीमतीलाई भारतमा मेला हेर्न जान भनी मोटरसाइकलमा राखी भारतको डफालीपुर भन्ने गाउँमा लगी हात खुट्टा बाँधी निर्मम कुटपिट गरी योजनाबद्ध तरिकाले हत्या गरी फालेको प्रहरीले जनाएको छ ।
हत्या गरी प्रहार रहेका रामनारायणलाई प्रहरीले माघ २५ गते मायादेवी गाउँपालिका १ बाट नियन्त्रणमा लिएको हो ।













