धनगढी – कैलालीमा ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको टीकापुर ५ का २८ वर्षीय रामचन्द्र चौधरीलाई पक्राउ गरेको हो । प्रहरीले चौधरीको साथबाट ३३.३० ग्राम ब्राउन सुगर पनि बरामद गरेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र टीकापुर इलाका प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो ।














