घनगढी– कञ्चनपुर प्रहरीले अबैध काठसहित एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोली र लालझाडी सब–डिभिजन वन कार्यालयबाट खटिएको संयुक्त टोलीले जिल्लाको लालझाडीबाट अबैध काठसहित पुनर्वास–२ का २७ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई लालझाडी गाउँपालिका–१ डाडाविचुवाबाट सालको २८.१८ क्यु फिट सालको काठसहित शनिबार बेलुका पक्राउ गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
प्रहरीका अनुसार सोही ठाउँबाट पाँचवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । पक्राउ परेका व्यक्ति र मोटरसाइकललाई नियन्त्रणमा लिई थप आवश्यक कारबाही तथा अनुसन्धानको लालझाडी सब–डिभिजन वन कार्यालयमा पठाएको छ ।













