• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

बाजुराका दलित बस्ती : जता साहु उतै भोट

  •   शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

बाजुरा– एउटा राजनीतिक दलमा आएको विभाजनको असर जनताको तहसम्म कसरी पर्छ भन्ने उदाहरण बाजुराको स्वामीकार्तिकखापर गाउँपालिका–३ जुकोटका दलित बस्तीमा हेरे पुग्छ । यहाँको दलित समुदाय अहिले नेकपा एमाले फुटको चपेटामा छ ।

नेकपा एमाले फुट्नु भन्दा पहिला जुकोट गाउँका कथित माथिल्लो जातका अधिकांश व्यक्तिहरु एमाले थिए । उनीहरुको खेतबारी कमाउने र उनीहरुकै छत्रछायाँमा त्यहाँ बसोबास गर्ने दलित समुदाय पनि माथिल्लो जातिको आफ्ना मालिकहरुको निर्देशनमा भोट हाल्थे । आफूखुशी भोट हाल्ने स्वतन्त्रता नभएपनि उनीहरु माथि एमाले भन्दा अर्को पार्टीको हस्तक्षेप थिएन् ।

तर, जब एमाले फुट्यो, सिंगो जुकोट गाउँ नेकपा एमाले र नेकपा एकीकृत समाजवादी गरेर दुई चिरामा बाँडियो । गाउँपालिका अध्यक्ष उम्मेदवारमा एमालेबाट चतुर्भुज शाही, एकीकृत समाजवादीबाट चिरञ्जीवी शाही उम्मेदवार भए ।

चिरञ्जीवीलाई माओवादीको समेत साथ छ । उनले २०७४ सालको स्थानीय चुनावमा कांग्रेसलाई हराउदै गाउँपालिका अध्यक्ष जितेका थिए । जुकोटमा कांग्रेस र माओवादी पनि छन्, तर उल्लेखनीय मात्रामा समाजवादी र एमाले छन् ।

सुदूरपश्चिमको पहाडी जिल्लामा रहेका दलित बस्तीलाई स्थानीय साहुहरुले आफ्नो खल्तीको मतदाता ठान्ने आम प्रचलन छ । त्यसैले अहिले पनि उनीहरु ‘जता साहु उतै भोट’ हाल्नुपर्ने बाध्यतामा छन् ।

साविकको जुकोट अहिले एउटा वडा भएको छ । वडामा २ हजार ९६ मतदाता छन् । दलित समुदायको २१८ परिवार बसोवास छ । गाउँ दुई चिरामा विभाजित भएको छ र दुबै अध्यक्षका उम्मेदवार यही वडाका छन् । यसले यो गाउँका दलितहरु यता लागौं कि उत्ता भएका छन् ।

स्थानीय मन कामीले भने ‘पहिला पनि साहुको निर्देशनमा भोट हाल्ने गरेका थियौं, तर अहिले त एकलाई सहयोग गरे अर्को साहु आफूहरु माथि जाइलाग्ने अवस्था आयो । अब कसरी भोट हाल्ने, कसको निर्देशन मान्ने ?’

सुदूरपश्चिमको पहाडी जिल्लामा रहेका दलित बस्तीलाई स्थानीय साहुहरुले आफ्नो खल्तीको मतदाता ठान्ने आम प्रचलन छ । त्यसैले अहिले पनि उनीहरु ‘जता साहु उतै भोट’ हाल्नुपर्ने बाध्यतामा छन् । बसेको खेतबारी, सामाजिक प्रभाव र जातीय हैकमका कारण उनीहरुले अहिले पनि स्वतन्त्रतापूर्वक मतदान गर्न पाउँदैनन् ।

स्थानीय हलियाहरुले साहुलाई नै सोधेर भोट हाल्ने हो । नत्र बसेको ठाउँ छाड्नुपर्छ । यो गाउँमा मात्रै दलित समुदायका यस्ता ३६१ मतदाता छन् । नाम नबताउने सर्तमा एकजना दलित मतदाताले ‘पार्टी फुटेर आफ्नो दुई जना साहु दुईवटा पार्टीमा पुगेकोले समस्या भएको’ बताए । उनले भने, ‘एकलाई सहयोग गरे अर्कोको डर हुन्छ ।’

स्थानीय दलित बस्ती माथि कथित माथिल्लो जातिको पूरा नियन्त्रण रहन्छ । स्थानीय ७४ बर्षीय नन्दे लुवार अहिलेसम्म आफू खुशी भोट हाल्न नपाइएको बताउँछन् । उनि २०४६ सालदेखि भोट हाल्न थालेको भएपनि नन्देले अहिलेसम्म को ठीक को बेठीक भनेर सोच्नै परेको छैन । साहुले जता भन्छन त्यत्तै भोट हाल्ने हो । यो पालि पनि त्यही गर्ने सोच थियो उनको । उनले भने, ‘तर यसपालि माथिल्लो जातमै दुई चिरा भएपछि कसले भनेको मान्ने भन्ने चिन्ता छ ।’

जुकोटका अधिकांश दलित परिवार ठकुरी जातिको हलिया बस्दै आएका छन् । ‘उहाँहरुले भन्या ठाउँमै भोट हाल्ने गरेका छौं, यो बर्षमा पनि त्यही गर्ने हो’ स्थानीय दलित अगुवा मनि विकले भने । सुरु सुरुका चुनावमा भोट हाल्न हामी पनि लाइनमा बस्थ्यौं । पछि पछि ठकुरी आएर लाइन बाट नै मतपत्र खोसेर उनीहरुले नै हालिदिन्थे । २०७४ सालमा चाहिँ देखाएर भोट हाल्नुपरेको थियो । स्थानीय करु कडाराले भने, ‘त्यसबेला पनि निरक्षर र बुढापाकाहरुको भोट ठकुरीहरुले नै हालिदिएका थिए ।’

जिल्लाको ठूलापटा, कडारवाडा र लुवारवाडा टोलमा धेरै दलित समुदाय बसोवास गर्छन् । दलित समुदायलाई हलिया राखेका साहुहरुले कमाराका व्यवाहार गर्ने चलन अहिले पनि कायमै छ । ‘हामी सधै दबावमा हुन्छौं’, जशु कडारा बताउँछन् । अघिल्लो पटक आफू मतदात गर्न लाइनमा बसे पनि स्थानीय ठकुरीले मतपत्र खोसेर भोट हालेको उनले बताए ।

२०७० सालको संविधान सभा चुनावमा सोही गाउँमा मतदान अधिकृत भएर गएका बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले दलित समुदायलाई कुनै स्वतन्त्र मतदाताको व्यवाहार नगरिने वताए । ती दलित परिवारले स्थानीय ठकुरीले जे भन्यो त्यही मान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

बास्तवमा उनीहरु मताधिकारबाट सधैं नै बञ्चित छन् । धेरैजसो भोट हाल्नै पाउँदैनन् । पाइहाले पनि साहुले भनेको ठाउँमा भोट हाल्नुपर्छ । त्यति मात्र होइन गाउँका दलितले सामान्य सामाजिक काम गर्दा अहिले पनि ठकुरीलाई सोधेर गर्नुपर्छ ।

जुकोटमा ठकुरी र क्षेत्री गरेर ४ सय ६५ परिवार बसोवास गर्दै आएका छन् । दलितहरु माथि कथित उपल्लो जातले गर्ने यो व्यवहारबारे स्थानीय उपेन्द्र कट्टेल भन्छन्, ‘पहिला पहिला यो धेरै नै थियो, अहिले कम हुँदै गएको छ ।’

 

  • उतै भोट
शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.