महोत्तरी- महोत्तरीमा वृद्धभत्ताको रकम नदिएको भन्दै भतिजाले चक्कु प्रहार गरी काकाको हत्या गरेका छन्।
जिल्लाको महोत्तरी गाउँपालिका– ३ मडैनिवासी ७० वर्षीय शिव महरालाई उनकै भतिजा नाता पर्ने ३० वर्षीय विजेन्द्र महराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तोषकुमार पोखरेलले जानकारी दिए।
हत्या आरोपी विजेन्द्र फरार भएका छन् । सोमबार बिहान मात्र घटनाबारे जानकारी पाएको प्रहरीले घटनास्थल पुगेर आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पोखरेलले बताए।














