काठमाडौँ- नेपालमा आइतबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ८ पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय १४ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप २७ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित आइशालेशनमा रहेका छन् ।














