जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका ४ की ३५ वर्षीया सुनिता कार्कीको शव जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । माइत पक्षले हत्या गरेको भन्दै उजुरी गर्दा प्रहरीले कार्कीको शव नियन्त्रणमा लिएको छ ।
धनुषाका प्रवक्ता डिएसपी बेदप्रकाश गौतमले उजुरीको आधारमा छानविनका लागि शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखेको बताए । आरोपी दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माइत पक्षले कुटपिट गरी सुनिताको हत्या उनकै श्रीमान, सासु, ससुरा लगायतमाथि लगाएको छ । प्रहरीले उजुरीकै आधारमा मृतक सुनिताको श्रीमान शेखर बहादुर कार्की र अन्य एक जनालाई पक्राउ गरेको छ ।













