काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले सोमबार विहान दर्ज्यानी चिन्ह लगाउन भएका छन्।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षकमा एआईजी राजु अर्याललाई नियुक्त गरेको थियो।
नवनियुक्त दुबै आईजीपीले सिंहदरबास्थित गृह मन्त्रालयमा भोलि विहान ८:४५ बजे गृहसचिव टेकनारायण पाण्डेबाट दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ।
गृहमन्त्री खाणले ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री र सशस्त्र आईजीपी पुष्पराम केसीलाई आइतबारै मन्त्रालयमा बिदाइ गरिसकेका छन्।














