काठमाडौँ– तराई द्रुतमार्ग निर्माण कार्यमा प्रयोग भएको लोडर दुर्घटना हुँदा मकवानपुरमा तीन मजदुरको ज्यान गएको छ।मकवानपुरको मकवानपुर गढी १ घट्टे पाखामा निर्माण हुँदै गरेको द्रुतमार्गको माटो सम्याउने क्रममा दुर्घटना भएको हो।
दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यस्तै, दुर्घटनामा थप तीन जना घाइते भएका छन्। घाइते हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुलेको छैन। प्रहरीका अनुसार दुर्घटनामा पर्नेहरु द्रुतमार्ग निर्माणमा खटिएका मजदुर हुन्।













