धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार (आज) बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गर्दै शाहले मुख्यमन्त्री पद सुरक्षित गरेका छन् ।
मुख्यमन्त्री शाहले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा ४१ मत खसेको छ भने विपक्षमा ११ मत खसेको छ । विश्वासको मतको पक्षमा ४१ मत खसेपछि सभाुमख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।
यसअघि विश्वासको मत प्राप्त गर्न नसकेर एमाले नेतृत्वको सरकार ढलेपछि शाह गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४, रापप्रा र स्वतन्त्रका १÷१ सांसद छन् ।













