कठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका सहायक हवल्दार नगेन्द्र सेनलाई २० हजार घुससहित पक्राउ गरेको छ ।
अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् । दाहालका अनुसार सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार सेनले सेवाग्राहीसँग ट्याक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा टोली खटिएको हो ।
टोलीले सेनलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रुपन्देहीको गैडहवा गाउँपालिका -३ मंगलपुरबाट आइतबार नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।













