जाजरकोट – झाडापखालाबाट जाजरकोटमा एक जनाको ज्यान गएको छ। समयमा उपचार नपाउँदा जुनीचाँदे गाउँपालिका-७ का ५१ वर्षीय जयबहादुर रोकामगरको ज्यान गएको हो।
जयबहादुरलाई झारावान्ता भएपछि उपचारका लागि स्थानीय रजुतरा सामुदायिक स्वास्थ्य इकाईमा लगिएको थियो। त्यहाँ औषधि नभएपछि बिरामीलाई फर्काएर घर ल्याईयो। घरेलु उपचार गरिएपनि उनको मत्यु भएको हो ।
मृतकका छोरा १४ वर्षीय अनमोल रोकामगर पनि झाडापखालाले सिकिस्त बिरामी भएका छन्।
उनको अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा थप उपचारका लागि सुर्खेत पठाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले दिए।













