कञ्चनपुर- कञ्चनुुरमा सवारी ज्यान मुद्दाका फरार कसुरदार १५ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला अदालतबाट ६ दिन कैद र २ हजार जरिवानाको सजाय पाएका दोधारा चाँदनी नगरपालिका ७ का प्रलाद क्षेत्रीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालतमा पेस गरी कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार २०६४ जेठ ३१ मा जिल्ला अदालतले क्षेत्रीलाई सजायको फैसला सुनाएको हो ।













